रविन्द्रका आफन्तसँग गृहमन्त्रीको छलफल सकियो, बुबाआमा आएपछि फेरि वार्ता हुने
ratopati.com · Tue Aug 04 15:28:10 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरुङ बिचको छलफल सकिएको छ।
मंगलबार मृतकका आफन्तसँग छलफल गर्न गृहमन्त्री गुरुङ त्रिवि शिक्षण अस्पताल पुगेका थिए। मृतकका बुबाआमा आएपछि सरकारसँग फेरि छलफल हुनेछ। अस्पताल स्रोतका अनुसार मृतकका बुबाआमा भोलि काठमाडौँ आउनेछन् ।त्यसपछि फेरि गृहमन्त्रीसँग छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)