स्वदेश फर्कन जहाज चढिसकेपछि राजदूतको समयावधि थप्ने प्रम बालेनको अनौठो निर्णय
nepalviews.com · Tue Aug 04 15:27:57 GMT 2026

काठमाडौं । अघिल्लो हप्ता नेपाल फर्कनासाथ ओमनका लागि निवर्तमान नेपाली राजदूत डोरनाथ अर्यालले फेसबकमा आफ्नो ‘बायो’ परिवर्तन गरिहाले। ६ साउनसम्म राजदूतको जिम्मेवारीमा रहेका अर्यालले नेपाल फर्केलगत्तै फेसबुकमा आफ्नो परिचय ‘ओमानका लागि पूर्व नेपाली राजदूत’ का रूपमा दिएका छन्।
तर, परराष्ट्रमन्त्री शिशिर खनालले लगेको प्रस्ताव प्रधानमन्त्री बालेन्द्र शाहले समयमै मन्त्रिपरिषद्बाट निर्णय गरिदिएको भए अर्यालको परिचय यतिबेला ‘पूर्वराजदूत’ होइन, कार्यरत राजदूतकै रूपमा हुने थियो । र, कम कूटनीतिक कर्मचारीको दरबन्दी रहेको दूतावासलाई आफ्नो काम सम्पन्न गर्न सहज हुने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)