मधेशमा गोली किन चल्यो ? विपक्षीले मात्र होइन, सत्तापक्षले खोजे सरकारको जवाफ
shilapatra.com · Tue Aug 04 15:30:00 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा १० साउनमा प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पतालमा निधन भयो । योसँगै कप्तानगञ्जका तीन जनाको मृत्यु भएको छ । ओमप्रकाश मेहता र जयप्रकाश मेहताको निधन भएको थियो । त्यस्तै, सिरहाको गोलबजारमा गणेश यादवको १४ साउनमा मृत्यु भएको थियो ।
मधेश प्रदेश र तराईका जिल्लामा फैलँदै गएको प्रदर्शन र धार्मिक द्वन्द्व शान्त पार्न गृहमन्त्री सुधन गुरुङ मधेश पुगेर पीडित परिवारसँग क्षतिपूर्तिसहितका व्यवस्थामा सहमति गरेका छन् । त्यस्तै, उनले समाजका विभिन्न संघसंस्थासँग पनि छलफल गरेर काठमाडौं फर्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)