मृतक मेहताका परिवारसँग गृहमन्त्रीको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
rajdhanidaily.com · Tue Aug 04 16:00:16 GMT 2026

काठमाडौं । सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिए । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग पहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताएका छन् । उनीहरूले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)