गाजामा ११२ प्यालेस्टिनीको सामूहिक अन्त्येष्टिमा हजारौँ सहभागी
ratopati.com · Tue Aug 04 16:09:23 GMT 2026

गाजा सिटीमा इजरायली हवाई आक्रमणमा मारिएका ११२ जना प्यालेस्टिनीको सामूहिक अन्त्येष्टिमा मंगलबार हजारौँ मानिस सहभागी भएका छन् । करिब तीन वर्षअघि ध्वस्त पारिएको आवासीय भवनको भग्नावशेषबाट हालै उनीहरूको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यो सन् २०२३ अक्टोबरमा गाजामाथि इजरायलको युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो अन्त्येष्टिमध्ये एक हो । मृतकका शवलाई प्यालेस्टिनी झन्डामा बेरिएको थियो र शोकाकुल मानिसहरूले गाजा सिटीका सडक हुँदै शवयात्रा निकालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)