कोशीका मुख्यमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच वान टु वान छलफल
ratopati.com · Tue Aug 04 16:09:05 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार साँझ वान टु वान भेटवार्ता भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले भक्तपुरस्थित गुण्डुमा रहेको ओलीको निवासमा भेट भएको पुष्टि गरे ।
स्रोतका अनुसार भेटका क्रममा ओलीले कुनै कुरा नगरेपनि कार्कीका कुरा सुनेका थिए । ‘मुख्यमन्त्रीज्यूले आफ्नो कुरा स्पष्टसँग भनेर निस्किनु भयो,’ उक्त स्रोतले भन्यो, ‘उहाँ उत्साहित भएको पाएका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)