आज राति देशका यी स्थानमा हुनेछ भारी वर्षा
annapurnapost.com · Tue Aug 04 16:09:49 GMT 2026

काठमाडौं : आज राति देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)