कर विजक नराखेको भन्दै १० हजार जरिवाना
lokaantar.com
नेपालगञ्ज उपमहानगरपालिका–२ मा रहेको न्यूश्रीस डिष्टीब्यूटर्सलाई रु १० हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आज गएको संयुक्त बजार अनुगमन टोलीले कर विजक नराखेको भन्दै रु १० हजार जरिवाना गरेको हो ।
सो डिष्टीब्यूटर्सले भेरी ग्यास बिक्री गर्दै आएको छ । अनुगमन टोलीले नेपालगञ्ज–१८ स्थित आकाश राइस तथा फ्लोर मिलबाट बजारमा गएको करिब ३० किलो अखाद्य मस्यौको कालो दाल नष्ट पनि गरेको छ । दालमा अखाद्य रङको मिसावट भएको र खानयोग्य नभएकाले नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)