भूमिहीनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई सरकारले कारबाही गर्ने
nagariknews.nagariknetwork.com · Tue Aug 04 16:20:43 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा अभिलेख पेस गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्ने जनाएको छ।
समितिले आज जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण नदिने, गलत विवरण वा नक्कली अभिलेख पेस गर्ने वा त्यस्ता विवरणका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)