सीमापार विपद् पूर्वसूचना प्रणालीको आवश्यकता
nagariknews.nagariknetwork.com · Mon Aug 31 05:26:24 GMT 2026

बुधबार बिहान चीनको तिब्बत क्षेत्रबाट आएको भयानक हिमपहिरोका कारण रसुवाको टिमुरेस्थित भन्सार नाकाबाट प्रवेश गरी भोटेकोसी र त्रिशूली नदी प्रणालीमा अचानक उर्लिएर आएको प्रलयकारी बाढीले फेरि एकपटक हाम्रा सीमापार नदीहरूको कूटनीतिक, भौगर्भिक र प्राविधिक संवेदनशीलतालाई गम्भीर रूपमा उजागर गरिदिएको छ।
टिमुरे त केवल बाढी नेपाल भित्रिने पहिलो सीमावर्ती प्रवेश बिन्दु मात्र थियो तर यसको विनाशकारी वेग, गेग्रान र असर रसुवाका सीमावर्ती बस्तीहरू हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनस्थित नारायणी नदी बेसिनसम्मै भयावह रूपमा फैलिन पुग्यो। नेपालतर्फ कुनै ठुलो वर्षा वा स्थानीय स्तरमा मुसलधारे पानी परेकोको घटना नभएको अवस्थामा, तिब्बतको उपल्लो तटीय क्षेत्रबाट लेदो, ठुला चट्टान र ढलेका रूखहरूसहित अचानक आएको यो बाढीले मानव जीवन, राष्ट्रिय अर्थतन्त्र, भौतिक पूर्वाधार र तटीय क्षेत्रमा पारेको क्षति अत्यन्तै विशाल, गम्भीर र अपूरणीय छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)