रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
ratopati.com · Sun Mar 02 17:23:00 GMT 2025
काठमाडौँ । ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति सकिएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
१७ औँ मिनेटमै एर्टिज एलिसटुन्डोले रातोकार्ड खाँदै मैदान छाड्नुपरेपछि रियल सोसिडाड खेल अवधिभर दबाबमा रह्यो। २५ औं मिनेटमा जेरार्ड मार्टिनले बार्सिलोनाका लागि अग्रता दिलाएका थिए। त्यस्तै मार्क कासाडोले २९ औं मिनेटमा गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २–० गोलअन्तरले अगाडि रहिसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)