बढ्दो सहरीकरणले काठमाडौं उपत्यकामा धान रोप्ने खेत घट्दै, किसान चिन्तित
shilapatra.com · Mon Jun 29 16:03:00 GMT 2026

बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले साेमबार वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
टोखाका स्थानीय कृषक केदार बिडारीले जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौं उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताए । ‘काठमाडौं उपत्यका कृषिका लागि उर्भर भूमि हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)