नेप्सेमा ६ कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस सेयर सूचीकृत
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख २९ हजार २४९.३८२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा
गरिमा विकास बैंक
, अरुण भ्याली हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स आदर्श लघुवित्त, प्रुडेन्सियल इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमा गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता (१३%),
अरुण भ्याली
को १३ लाख ८३ हजार ६७६ कित्ता (८%) र
नेपाल पुनर्बिमा कम्पनी
को ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५%) बोनस सेयर रहेको छ ।
यस्तै,
निर्धन उत्थान
को ४१ लाख ७० हजार ५४७.५ कित्ता (१९%),
डिप्रोक्स आदर्श
को १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता (१०%) र
प्रुडेन्सियल इन्सुरेन्स
को ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५%) बोनस सेयर सूचीकृत भएको छ । सबै कम्पनीले गत वर्षको नाफाबाट यो बोनस सेयर सेयरधनीलाई वितरण गरेका थिए । उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)