रसुवा बाढी र धनजनको क्षतिमा चिनियाँपक्षको भूमिका
nepalviews.com · Thu Aug 27 06:16:40 GMT 2026

भदौ १० गते बुधबार बिहान भोटेकोशीमा आएको बाढीले नेपालमा पुर्याएको धनजनको क्षति अकल्पनीय छ । शब्दमा यसको बयान, व्याख्या संभव छैन । यो नेपालका लागि ठूलो राष्ट्रिय विपत्ति हो । नेपालले बाढी, पहिरो, आँधीबेहरी, चक्रवात, भूकम्पजस्ता प्राकृतिक विपत्ति बारम्बार सामना गरेको छ ।
तर, यो स्तरको क्षति संभवत: इतिहासकै ठूलो हो । नेपाली जनले यति ठूलो मानसिक आघात यसअघि व्यहोर्न परेको थिएन । बाढीले गाउँका गाउँ सखाप भएका छन् । केरुङ, रसुवागढी, टिमुरे, स्याँफ्रुवेसी, बेत्रावती, त्रिशूली, देवीघाटजस्ता रसुवा, नुवाकोट र धादिङ जिल्लाका दर्जन बढी शताब्दिऔं पुराना बस्तीहरू क्षतिग्रस्त मात्र होइन, समाप्तप्राय: छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)