लेबनान–इजरायलबिच रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण सुरु
barnanmedia.com · Tue Aug 04 21:45:00 GMT 2026

लेबनान र इजरायलबिच संयुक्त राज्य अमेरिकाको पहलमा मंगलबार इटालीको राजधानी रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण सुरु भएको छ। वार्तामा लेबनानले आफ्नो दक्षिणी भूभागबाट इजरायली सेनाको चरणबद्ध फिर्ताको माग गरेको छ। दुवै देशका प्रतिनिधिमण्डल बोकेका सवारीसाधन मंगलबार बिहान रोमस्थित अमेरिकी दूतावास पुगेका थिए।
वार्ता बिहीबारसम्म चल्ने कार्यक्रम छ। जुनमा वासिङ्टनमा सम्पन्न वार्तामा दुवै पक्ष हिजबुल्लाहको नि:शस्त्रीकरण, दक्षिणी लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा त्यस क्षेत्रमा लेबनानी सेनाको तैनाथीसहितको ढाँचा सम्झौतामा सहमत भएका थिए। उक्त प्रक्रिया ‘पाइलट जोन’बाट सुरु गर्ने सहमति भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)