हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा, प्रतिसेयर आम्दानी २१.२५ रुपैयाँले ऋणात्मक
clickmandu.com · Thu Aug 27 06:19:55 GMT 2026

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा धकेलिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ ऋणात्मक बनेको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब १ करोड ५६ लाख रुपैयाँ बराबरको खुद बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)