गल्फर सद्भावलाई बैंककमा अवार्ड
ekantipur.com · Sat Jun 17 16:46:58 GMT 2023
काठमाडौँ — नेपालका राष्ट्रिय गल्फर सद्भाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् । बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा जुन ११–१६ सम्म एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सद्भावले अवार्ड जितेका हुन् ।
नेपाल गल्फ संघमार्फत सद्भाव एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा तालिम लिन बैंकक पुगेका थिए । कोचिङ, खेलकुद विज्ञान, फिटनेस र अन्य क्षेत्रहरूमा विशेषज्ञ टोलीले तालिम सत्रहरू सञ्चालन गरेका थिए । खेलका विभिन्न पक्ष, डाटा एनालाइजिङ, ट्र्याकम्यान र क्लब फिटिङबारे पाठ सिक्नुका साथै गल्फरहरूले अमाता स्प्रिङमा गल्फ खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)