यी हुन् रसुवा बाढीबाट ५ जिल्लाका प्रभावित ४९ वडा (सूचीसहित)
ratopati.com · Mon Aug 31 06:08:35 GMT 2026

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीबाट पाँच जिल्लाका ४९ वटा वडा प्रभावित भएका छन् । जसमध्ये रसुवाका ४ वटा गाउँपालिका उत्तरगया, गोसाईंकुण्ड, आमाछेदिङमो र कालिका गाउँपालिकाका ११ वटा वडा प्रभावित भएका छन् । सबैभन्दा धेरै उत्तरगया गाउँपालिकाका ५ वटा (सबै) वडा प्रभावित भएका छन् ।
त्यस्तै गोसाईंकुण्ड गाउँपालिका ४ वटा वडा र आमाछोदिङमोका एक एक वटा पालिका प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यस्तै, नुवाकोटका चार वटा स्थानीय तह (तारकेश्वर, किस्पाङ, विदुर नपा,बेलकोटगढी नपा) का ११ वटा वडा प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)