केएमसी दुवाकोटमा मस्तिष्कमा रगत जम्ने रोगको बिना चिरफार अत्याधुनिक उपचार [भिडियो]
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ। दोलखाका ४२ वर्षीय मनोज घिमिरे । पेशाले सवारी चालक। आफ्नो पेशा गर्दै हाँसखेलका साथ परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् । तर जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए ।
अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए अनि हजारौं औषधि खाए । कतिपय ठाउँमा जाँदा त ‘एउटा नसा फुटिसकेको छ, अब अर्को पनि फुट्न सक्छ’ भनेर तर्साइयो पनि । त्यो थाहा पाएपछि छोराछोरी र परिवारका सबै सदस्य रुन थाले । जति उपचार गर्दा र औषधि खाँदा पनि दुखाइ घट्नुको सट्टा झन्–झन् बढ्दै गयो । रोगले जति च्याप्दै जान्थ्यो, त्यति नै बाँच्ने आशा पनि हराउँदै जान्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)