बीजक लिन–दिन आन्तरिक राजस्व विभागको आग्रह
barnanmedia.com · Tue Aug 04 23:52:19 GMT 2026

काठमाडौँ, २० साउनः आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन सबै उपभोक्ता तथा व्यवसायीलाई आग्रह गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो । कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)