छेकम्पारमा पहिरो
gorkhapatraonline.com · Mon Aug 31 06:17:32 GMT 2026

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ३, छेकम्पारको चौरीखर्क पारी ठुलो पहिरो गएको छ । सोमबार बिहान करिब १० बजेको समयमा चौरीखर्क पारी ठुलो पहिरोको कारण चुमबाट बग्ने बुढीगण्डकी नदी थुनिएको स्थानीय तेन्जिङ नोर्केले जानकारी दिनुभयो ।
अहिले बुढीगण्डकी नदीको बहावमा अवरोध सिर्जना हुन सक्ने भएकाले नदी आसपासका बस्तीमा जोखिम बढेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, गोरखाले बुढीगण्डकी नदीको किनार तथा खोला छेउछाउमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । प्रशासन कार्यालयले नदी आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन र कुनै पनि अप्रिय अवस्था आउनु अघि सुरक्षित स्थानतर्फ जान तयार रहन अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)