भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो
nepalviews.com · Wed Aug 05 01:34:41 GMT 2026

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ ।
आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ । उनले भने, “अहिलेसम्म तीन सय जना ग्राहकको घरमा भूमिगत प्रक्रियाबाट लाइन जडानको काम सकिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)