गुल्मीमा २ स्थानबाट बेवारिसे भरुवा बन्दुक बरामद
onlinekhabar.com · Wed Aug 05 01:50:07 GMT 2026

२० साउन, गुल्मी । गुल्मी जिल्लाका दुई फरक स्थानबाट बेवारिसे अवस्थामा भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्री बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
मंगलबार साँझ करिब ७:४५ बजे रेसुङ्गा नगरपालिका-२ धागिथुमस्थित सेतो गुराँस नजिक सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमाण्डमा टोली खटिएको थियो । खोजतलासका क्रममा बनमाराको झाडीभित्र रहेको सेतो प्लास्टिकको बोरामा एक थान बेसाबुत भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)