सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
lokaantar.com

चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको उक्त हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीले लखेटेको थियो । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका क्षेत्रमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर कुनै क्षति पुर्याएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)