हर्मुज खुल्ने आशाले तेलको मूल्यमा भारी गिरावट
lokaantar.com
‘स्ट्रेट अफ हर्मुज’लाई पुनः सञ्चालनमा ल्याउने विषयमा अमेरिका र इरानबीच सम्झौता हुने आशा जागेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन सातायताकै न्यून विन्दुमा झरेको छ। अमेरिकी वरिष्ठ अधिकारीहरूले ढुवानी सेवा सुचारु गर्ने दिशामा वार्ता सकारात्मक रूपमा अघि बढेको बताएपछि तेलको मूल्यमा भारी गिरावट आएको हो।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले जहाजहरूको आवागमन पुनः शुरू गर्न भइरहेको वार्तामा प्रगति भएको घोषणा गरेका छन् । विदेशमन्त्री रुबियोले इरान र ओमानसँगको सहकार्यमा स्ट्रेटबाट थप जहाजहरू पास गराउने विषयमा वार्तामा प्रगति भएको तर अन्तिम निष्कर्षमा भने नपुगिएको बताएका छन्। उनले छिट्टै नै यसको समाधान निस्कने आशा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)