सन्दीपको घातक बलिङले प्रिमियर कपमा नेपालको विजयी सुरुवात
himalpress.com · Mon Aug 31 06:22:03 GMT 2026
काठमाडौँ- कप्तान सन्दीप लामिछानेको घातक बलिङ बनाउँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो। बहराइनले दिएको ८८ रनको झिनो लक्ष्य नेपाली टोलीले २१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे। उनले ५८ बलमा ५ चौका प्रहार गरे। रोहित पौडेल १९ रनमा अविजित रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)