मुग्लिन–नारायणगढ सडकमा पहिरो: दुईतर्फी आवागमन ठप्प
nepalviews.com · Wed Aug 05 02:22:50 GMT 2026

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान खसेको पहिरोका कारण देशकै प्रमुख ‘लाइफलाइन’ मानिने यस राजमार्गमा दुईतर्फी नै यातायात रोकिएको हो।
आज बिहान ठीक ७:०५ बजेतिर उक्त सडकखण्डको (ch २४+६५०) क्षेत्रमा एक्कासि पहिरो खसेपछि सडक ठप्प भएको हो। पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय भरतपुरबाट उपकरणसहितको टोली परिचालन भइसकेको छ। अहिले अवरुद्ध राजमार्ग खुलाउन पहिरो पन्छाउने काम धमाधम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)