गुप्तचर संयन्त्र, नाम फेरियो, साख गुमाउँदै छ
kendrabindu.com · Wed Aug 05 03:00:05 GMT 2026

काठमाडौं । सुनसरीमा दुई समुदायबीच भएको विवाद अरू जिल्लातिर फैलिँदा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायणदत्त पौडेललाई बोलाएर ‘ब्रिफिङ’ लिए। १३ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग बेग्लाबेग्लै कुराकानी गर्दा उनले आफू मातहत रहेको मुलुकको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाएनन्।
दुई सुरक्षा प्रमुखसामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए, ‘सुनसरीमा कसरी परिस्थिति नियन्त्रणबाहिर पुग्यो? गोली चलाउने अवस्था कसरी बन्यो ? हवाई फायर गर्दा कसरी नागरिकको ज्यान गयो?’ उनीहरूको ‘ब्रिफिङ’ अनुसार १० साउन राति करिब १०:१३ बजे दुई समूहबीच विवाद हुँदा सुरुमा कप्तानगन्जको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाशकुमार श्रेष्ठ कमान्डको टोली खटिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)