इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु
kendrabindu.com · Wed Aug 05 03:03:25 GMT 2026

नेपालगंज । बाँकेमा इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए। साउन १८ गते भएको यो घटनाका गम्भीर घाइते कोरीको उपचारको क्रममा आज (साउन २० गते) बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)