विद्रोही हुनु मात्र पर्याप्त छैन : जेनजीलाई पाका मानिसको अनुभव र ज्ञानको कदर गर्न मनीषाको सुझाव
ratopati.com · Thu Aug 27 15:04:15 GMT 2026

काठमाडौँ। काठमाडौँमा आयोजित एनडीटीभीको नेपाल–भारत संवाद कार्यक्रममा बोल्दै प्रसिद्ध अभिनेत्री मनीषा कोइरालाले राजनीतिमा युवा पुस्ता (जेनजी) को भूमिकाबारे चर्चा गरेकी छन्। विगत केही वर्षदेखि नेपालदेखि भारतसम्म राजनीतिलाई नयाँ दिशा दिन जेनजी पुस्ता सक्रिय देखिँदै आएको छ।
सन् २०२५ सेप्टेम्बरमा नेपालमा युवाको नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेर प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो। त्यसैगरी भारतमा पनि नीट परीक्षाको प्रश्नपत्र चुहावटविरुद्ध युवाले सशक्त आवाज उठाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)