रहेनन् बलिउड अभिनेता प्रदीप रावत
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ । बलिउड अभिनेता प्रदीप रावतको निधन भएको छ। आमिर खान अभिनित चर्चित सिनेमा ‘गजनी’ मा खलनायक ‘गजनी धर्मात्मा’ को भूमिकाबाट विशेष परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
लामो समयदेखि क्यान्सरसँग संघर्ष गरिरहेका रावतको मंगलबार साँझ मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो। उनका प्रबन्धक सिद्धार्थ आर तिवारीका अनुसार रावत पछिल्लो एक महिनादेखि मुम्बईको कोकिलावेन धिरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए भने केही समयअघि उनलाई भिवण्डीस्थित क्यान्सर अस्पतालमा सारिएको थियो। रावतका परिवारमा पत्नी कल्याणी रावत र छोरा विक्रमादित्य रावत रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)