‘नदीको किनारमा छरिएका शवले दुर्गन्ध फैलिन थालिसक्यो, संघ सरकारले हामीलाई जिम्मा दिएन’
ratopati.com · Mon Aug 31 06:27:29 GMT 2026

काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको कालिका गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले गाउँपालिकाको अवस्था कष्टकर रहेको भन्दै संघ सरकारसँग सोचेअनुसार समन्वय हुन नसकेको गुनासो गरे । गाउँपालिकाको वडा नम्बर १ मा बाढीले नराम्ररी क्षति पुर्याएको छ ।
अध्यक्ष देशवकोटाका अनुसार अनुसार गाउँपालिकाभित्रका मात्रै करिब २०० जना व्यक्तिहरू बेपत्ता भएका छन् । उनका अनुसार बेपत्ताहरूको अझै बढ्न सक्नेछन् । यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने भएकाले सो सङ्ख्या अझै बढ्न सक्ने उनको भनाइ छ । सोमबार अध्यक्ष देवकोटाले रातोपाटीसँग भने, ‘कोही मान्छे केरुङतिर छन्, कोही कता छन्, अहिलेसम्म २०० जना जति बेपत्ता भएको खबर छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)