नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी : विपद् क्षेत्रमा नजाऊ, अन्यत्र अशान्तिको जोखिम पनि छ
onlinekhabar.com · Mon Aug 31 06:23:59 GMT 2026

१५ भदौ, काठमाडौं । अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिकी सरकारका अनुसार २०२६ अगस्ट २६ मा आएको ठूलो बाढीपछि उक्त क्षेत्रमा सडक तथा यातायात र सञ्चार सेवा प्रभावित हुनुका साथै खोज तथा उद्धार र पुनर्स्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढी र पहिरोको सम्भावनासमेत रहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)