सरकार र अनसनरत नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति
swasthyakhabar.com · Wed Aug 05 03:13:29 GMT 2026

काठमाडौं — विभिन्न माग राख्दै सत्याग्रह (अनशन) मा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको वार्तापछि दुवै पक्षबीच सहमति जुटेसँगै रानाभाटले साउन १४ गतेदेखि सुरु गरेको सत्याग्रह अन्त्य गरेकी छन्।
सहमतिअनुसार सरकारले नर्स तथा मिडवाइफहरूको पारिश्रमिक, सेवा–सुविधा र कार्यशर्त सुधारका लागि सात दिनभित्र कार्यदल गठन गर्ने तथा छ महिनाभित्र प्रतिवेदन पेश गर्ने भएको छ। यस्तै, छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफहरूको योग्यता र विशेषज्ञताअनुसार तह, जिम्मेवारी, सेवा–सुविधा र नेतृत्वको अवसर सुनिश्चित गर्न सम्बन्धित निर्देशिका ३० दिनभित्र संशोधन गरिने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)