एसीसी प्रिमियर कप : नेपालले बहराइनलाई हरायो
annapurnapost.com · Mon Aug 31 06:22:04 GMT 2026
काठमाडौं : एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै अविजित रहे। हल्का उपनर ब्याटर आसिफ शेखले १८ रन बनाउँदा देव खनालले १० रन बनाए । रोहित पौडेल १९ रनमा अविजित रहे। बहराइनको लागि बलिङतर्फको तिनै विकेट इम्रान जावेद अन्वरको नाममा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)