कर्जा विस्तारको गाँठो फुकाउन बैंकरको आग्रह, प्रोभिजनिङदेखि गैरबैंकिङ सम्पत्ति व्यवस्थापनसम्म नीतिगत सुधार माग
aarthiknews.com

काठमाडौं । अर्थतन्त्र विस्तारका लागि सरकार र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच छलफल भएको छ। नयाँ बजेट कार्यान्वयन, वित्तीय बजारको अवस्था र कर्जा विस्तारका चुनौतीबारे भएको छलफलमा बैंकरहरूले बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानका लागि तत्काल नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्।
बैंकरहरूले अहिले बैंकिङ क्षेत्रमा लगानी गर्ने क्षमता नभएको नभई बजारमा आत्मविश्वासको कमी, कर्जाको गुणस्तरमा आएको दबाब, पुराना नियामकीय व्यवस्थाबाट सिर्जित समस्या र गैरबैंकिङ सम्पत्तिको बढ्दो बोझ मुख्य चुनौती रहेको बताएका छन्। उनीहरूले सरकारले लगानी वातावरण सुधार, पूर्वाधार खर्च वृद्धि, खराब कर्जा व्यवस्थापन र नियामकीय सुधारमा सहजीकरण गर्नुपर्ने सुझाव दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)