पूर्वीनाकाबाट झन्डै ५ अर्बको कच्चा जुट आयात
clickmandu.com · Wed Aug 05 03:32:28 GMT 2026

झापा । कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बंगलादेशसम्म निर्यात हुने गथ्र्यो । तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बंगलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ ।
पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ । अघिल्लो आव २०८१/८२ मा चार अर्ब ३४ करोड १२ लाख ६१ हजार रुपैयाँको जुट आयात भएको थियो । एक वर्षमै कच्चा जुटको आयात करिब ५७ करोड ५४ लाख रुपैयाँ अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)