रुसी आक्रमणबाट किभमा दुई जनाको मृत्यु, २४ भन्दा बढी घाइते
nepalviews.com · Wed Aug 05 03:35:26 GMT 2026

एजेन्सी । रुसी सेनाले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा पुनः भीषण हवाई आक्रमण गरेको छ। बुधबार बिहानै मध्यरातिपछि गरिएको उक्त आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढी घाइते भएका छन्।
किभको सैन्य प्रशासनका अनुसार मध्यराति सुरु भएको यो आक्रमण सहरका विभिन्न सात स्थानमा केन्द्रित थियो। आक्रमणका कारण सहरका कैयौँ भवनहरूमा गम्भीर क्षति पुगेको छ भने सहरको मध्यभाग नजिकै रहेको एउटा ठूलो गोदाम भवन ध्वस्त भएको छ । उद्धार टोलीले भग्नावशेषबाट दुई जनालाई जीवितै बाहिर निकालेको किभका मेयर भिताली क्लित्स्कोले टेलिग्राममार्फत जानकारी दिएका छन्। भग्नावशेषभित्र अझै मानिसहरू च्यापिएको हुन सक्ने आशङ्कामा खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)