मन्त्रिपरिषद् बैठक बस्दै, के छ एजेन्डा ?
nepalviews.com · Wed Aug 05 03:47:17 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सरकारका नियमित कामकारबाही र महत्त्वपूर्ण विषयहरूमा छलफल तथा निर्णय गर्नका लागि आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उक्त बैठक बुधबार दिउँसो साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्ताव गरिएका नियमित एजेन्डा, सरकारका दैनिक कार्यसञ्चालन र अन्य समसामयिक विषयहरूमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)