सरकार र अभियान्ता रानाभाटबीचमा १९ बुँदे सहमति
barnanmedia.com · Wed Aug 05 03:39:43 GMT 2026

विभिन्न माग राखेर सत्याग्रह (अनसन)मा बसेकी अभियान्ता ज्योति रानाभाटले अनसन अन्त्य गर्नुभएको छ । सरकारी वार्ता टोली र अभियान्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियान्ता रानाभाटले अनसन अन्त्य गर्नुभएको हो । नर्ससमेत रहनुभएका रानाभाटाले यही साउन १४ गतेदेखि अनसनमा बस्नुभएको थियो ।
सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)