जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात
nepalnews.com · Wed Aug 05 03:59:05 GMT 2026

झापा। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गथ्र्यो। तर अहिले अवस्था ठ्याक्कै उल्टिएको छ। स्वदेशमा जुट उत्पादन निरन्तर घट्दै गएपछि जुट उद्योग सञ्चालनका लागि भारत र बङ्गलादेशबाट कच्चा जुट आयातको ग्राफ बर्सेनि ठूलो मात्रामा बढ्दो छ।
पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२-८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजारबराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आव २०८१–८२ मा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो। एक वर्षमै कच्चा जुटको आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)