ओली–प्रचण्डको समीकरणले अब जनमत फर्किँदैन
nepalpress.com · Wed Aug 05 03:56:32 GMT 2026

नेपालको कम्युनिस्ट आन्दोलन आज नैतिक सङ्कटको भुमरी भित्र खुम्चिन पुगेको छ । यो सङ्कट कुनै एउटा चुनाव हार्दैमा वा सरकारबाट बाहिरिँदैमा मात्र उत्पत्ति भएको होइन। यो सङ्कट जनताले विश्वास गर्न छोडेपछि उत्पत्ति भएको हो । कुनै पनि राजनीतिक आन्दोलनका लागि यो भन्दा ठूलो पराजय अर्को हुँदैन ।
दशकौँसम्म कम्युनिस्ट आन्दोलनले आफूलाई परिवर्तनको संवाहक, श्रमजीवी र पीडितहरूको प्रतिनिधि र समाजवादको वाहक भनेर प्रस्तुत गर्यो । तर सत्ताको शिखरमा पुगेपछि आन्दोलनले यी सबै कुरा बिर्सियो । खुलेर भन्नुपर्दा,कम्युनिस्ट आन्दोलनले आफ्नो सबैभन्दा ठूलो शत्रु बाहिर होइन, आफ्नै नेतृत्वभित्र जन्मायो । विचार बिस्तारै कमजोर हुँदै गयो, व्यक्ति पूजा बलियो हुँदै गयो। सङ्गठन कमजोर हुँदै गयो, गुटहरू बलिया हुँदै गए । जनताको एजेन्डा पछाडि पर्दै गयो, नेताहरूको व्यक्तिगत भविष्य चम्किँदै गयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)