साइप्रसमा यात्रुवाहक फेरी दुर्घटना, आठजनाको मृत्यु
baahrakhari.com · Mon Aug 31 06:34:20 GMT 2026

काठमाडौं । उत्तरी साइप्रसको तटीय क्षेत्रमा एक निजी यात्रुवाहक फेरी डुब्दा कम्तीमा आठजनाको मृत्यु भएको छ । १८ जना अझै बेपत्ता छन् । उक्त फेरीमा २५९ जना यात्रु र आठजना चालक दलका सदस्य सवार रहेको बीबीसीले जनाएको छ ।
उत्तरी साइप्रसका प्रधानमन्त्री उनाल उस्टेलले आइतबार पर्यटकीय सहर किरेनियाबाट टर्कीतर्फ प्रस्थान गरेको केही बेरमै फेरीमा पानी पस्न थालेपछि दुर्घटना भएको बताए । उनले खराब मौसमका कारण शनिबार छुट्नुपर्ने फेरी आइतबार मात्र प्रस्थान गरेको र समुद्रमा दुईवटा शक्तिशाली छालले हानेपछि दुर्घटनाग्रस्त भई पल्टिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)