सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित
khabarhub.com · Wed Aug 05 04:07:19 GMT 2026

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा अभियान्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएपछि उनको सत्याग्रह अन्त्य भएको छ । गत साउन १४ गतेदेखि अनसनमा बसेकी रानाभाटले सरकारसँगको वार्तापछि अनसन तोडेकी हुन् ।
सरकारी वार्ता टोली र अभियान्ता रानाभाटबीच भएको १९ बुँदे सहमतिपत्रमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)