ट्रक दुर्घटनामा एकजनाको मृत्यु
nepalpress.com · Wed Aug 05 04:13:06 GMT 2026

हेटौँडा । आज बिहान २ः३० बजे त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–२ तिलटारमा ट्रक पल्टँदा एकजनाको मृत्यु भएको छ ।
मकवानपुरको पालुङबाट वीरगंज आइरहेको तरकारी लोड भएको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक बर्षा र हुस्सुको कारण ओरालो बाटोमा चिप्लिएर अनियन्त्रित भई सडकबाट १ सय मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)