विराटनगरमा सबैभन्दा बढी वर्षा
ratopati.com · Wed Aug 05 04:37:53 GMT 2026

काठमाडौं । देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)