अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दैछन्। छलफलमा देशको वर्तमान वित्तीय अवस्था, अर्थतन्त्रका चुनौती तथा समाधानका सम्भावित उपायबारे विचार–विमर्श हुने जनाइएको छ । मौद्रिक नीतिको कार्यान्वयनमा संलग्न तथा वित्तीय क्षेत्रको अवस्था नजिकबाट बुझेका केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँगको यो छलफल अर्थतन्त्रका समस्या पहिचान गर्ने र सुधारका लागि आवश्यक सुझाव संकलनमा केन्द्रित रहने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)