राजीनामाको दबाब बढ्दै गएपछि इन्फान्टिओले बोलाए फिफाको आकस्मिक कार्यकारी बैठक
corporatenepal.com · Wed Aug 05 04:36:36 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जिआन्नी इन्फान्टिओले संस्थाभित्र बढ्दो विवादका बीच उच्च नेतृत्वको आकस्मिक बैठक बोलाएका छन् । फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी गतिविधिमा निजी लगानी भित्र्याउने प्रस्तावप्रति चर्को असन्तुष्टि देखिएपछि उनले बुधबार मोरक्कोको राजधानी राबातमा कार्यकारी बैठक आयोजना गरेका हुन् ।
फिफाको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ योजनालाई लिएर विश्व फुटबल विकास प्रमुख आर्सेन वेन्जर, महासचिव माट्टिस ग्राफ्स्टोन तथा जोर्डन फुटबल एसोसिएसनका अध्यक्ष प्रिन्स अलि बिन अल हुसेनसहितका शीर्ष अधिकारीहरूले सार्वजनिक रूपमा असहमति जनाएपछि इन्फान्टिनोले छलफलमार्फत समाधान खोज्ने प्रयास थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)