आलोचना बढ्दै गएपछि इन्फान्टिनोले बोलाए कार्यकारी बैठक
kendrabindu.com · Wed Aug 05 04:54:53 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले वरिष्ठ नेतृत्वलाई बैठकमा बोलाएका छन् । फिफाको व्यावसायिक तथा प्रतियोगिता सञ्चालनसम्बन्धी गतिविधिमा निजी लगानी भित्र्याउने आफ्नो योजनामाथि चर्को आलोचना भइरहेका बेला बुधबार मोरक्कोमा कार्यकारी बैठक बोलाएका हुन् ।
फिफाका विश्व फुटबल विकास प्रमुख आर्सेन वेंगर, महासचिव माटियास ग्राफस्ट्रोम र जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अलीले इन्फान्टिनोको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ योजनाको विरोधमा थपिएको बेला उनले बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)