लहानमा अभियानकै रुपमा बनाइँदै घरघरमा शौचालय
annapurnapost.com · Wed Aug 05 04:47:09 GMT 2026

सिरहा : सिरहाको लहान नगरपालिकाले स्वच्छता अभियानमार्फत घरघरमा शौचालय बनाउन थालेको छ । यो नगरपालिका २०७४ सालमै खुला दिशामुक्त क्षेत्र घोषणा भएको थियो । तर, घोषणा भएको १० वर्ष पुग्न लाग्दा पनि अझै ४२०१ घरधुरीमा शौचालय नरहेको देखिएको छ ।
८ महिनाअघि नगरपालिकाले स्वच्छता अभियानअन्तर्गत सर्भे गरेको थियो । त्यसमा नगरको २३ हजार १९० घरधुरीमध्ये ४ हजार २०१ मा शौचालय नरहेको पाइएको छ । १५ हजार ९१२ घरधुरीमा कार्यशिल र ३४ सय ४४ घरधुरीमा शौचालय भए पनि सक्रिय रुपले प्रयोग नगरिरहेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)